मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु, दुईजना घाईते

मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु, दुईजना घाईते

विराटनगर । सुनसरीको पुर्वपश्चिम राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु र दुईजना गम्भीर घाईते भएका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका १६ स्थित जालपा पेट्रोल पम्प नजिकै दुर्घटनामा परि रामधुनी नगरपालिका १ का २२ बर्षीय मुकेश सरदारको मृत्यु भएको हो । मोटरसाईकलमा सवार रहेका रामधुनीकै २२ बर्षीय नविन सरदार र १८ बर्षीय अभिषेक सरदार गम्भीर घाईते भएका हुन् । सोमबार राती पौने १० बजे पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को ४ प ६८९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिएको थियो । अनियन्त्रित भएको मोटरसाईकलले विपरित दिशाबाट आउँदै गरेको प्रदेश नं १ ०२ ००३ ह ३०७८ नम्बरको सिटी सफारी समेतमा ठक्कर दिएको थियो । सो दुर्घटनामा परी गम्भीर घाईते भएका मोटरसाईकल चालक मुकेशको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा भने थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्