एमालेको नयाँ मापदण्ड : प्रतिनिधि बन्न १० वर्ष पार्टी सदस्य भएको हुनुपर्ने

एमालेको नयाँ मापदण्ड : प्रतिनिधि बन्न १० वर्ष पार्टी सदस्य भएको हुनुपर्ने

काठमाण्डौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनले प्रतिनिधिको हकमा १० वर्ष पार्टी सदस्य भएको हुनुपर्ने मापदण्ड तय गरेको छ ।

असोज १५ देखि १७ गतेसम्म भएको महाधिवेशनले विधान संशोधन गर्दै सो मापदण्ड तोकेको हो । संशोधित विधानको धारा ६३ यो व्यवस्था गरिएको छ । यस्तै धारा ६३ को उपधारा १ मा भने महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिको हकमा ७ वर्ष पार्टी सदस्य भए पुग्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी महाधिवेशनले एमालेको केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्यको उम्मेदवार हुन केन्द्रीय कमिटीको सदस्य भएर एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था पनि गरेको छ । एमालेले केन्द्रीय कमिटी सदस्य उम्मेदवार हुने मापदण्ड पनि एमालेले विधानमै तोकेको छ । यसका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भएपछि मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था छ । साथै माथिल्लो कमिटीका पदाधिकारीको हैसियतमा कार्यरत कुनैपनि व्यक्ति एउटै तह र एउटै पदमा दुईपटक भन्दा बढी बस्न नपाउने व्यवस्था गर्दै कार्यकारी कमिटीमा ७० वर्षे उमेर हद पनि लगाएको छ ।

एमालेको दशौँ महाधिवेशन मङ्सिरको दोस्रो साता हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्