दैलेखको रामाघाट बस्ती डुवानमा

दैलेखको रामाघाट बस्ती डुवानमा

कमल शर्मा
दैलेख, कातिक ३ गते । दैलेखको रामाघाट खोला किनारको बस्ती डुवानमा परेको छ । लगातारको बर्षाका कारण कर्णाली नदीको बहाब बढेसँगै बस्ती डुवानमा परेको हो । रामाघाट खोला किनारमा रहेका झण्डै १५ घर डुवानमा परेको स्थानीयले बताउनुभयो ।

कर्णाली नदीमा पानीको सतह उच्च भएसँगै नदिको पानी बस्तीमा पसेको छ । बस्ती नै डुवानमा परेपछि स्थानीय नागरिकहरु बिचल्लीमा परेको स्थानीय नैनबहादुर शाहीले जानकारी दिनुभयो । बस्ती नै डुवानमा परे पनि तीनै तहका सरकार र सरोकारवाला निकायहरुले कुनै पनि चासो नदेखाएको आरोप लगाउनुभयो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले रामाघाट किनारको बस्तीमा पानी पसेपछि सबैलाई सुरक्षीत स्थानमा सारिएको र मानवीय क्षती नभएको बताउनुभयो । जिल्लाभर खोलाका किनारमा रहेका बस्तीहरुलाई सुरक्षीत स्थानमा सर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

लगातारको वर्षाकाकारण कर्णाली राजमार्गको घटेखोला र खिड्कीजिउलामा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको उहाँले बताउनुभयो । दैलेख–सुर्खेत सडकखण्डको सियाकोट नजिक पहिरो खस्दा सडक अबरुद्ध भएको डोजर लगाएर पहिरो हटाउने काम सुरु भएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्