बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले जनही १ लाख दिने

बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले जनही १ लाख दिने

विराटनगर । बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले जनही १ लाखका दरले राहत उपलब्ध गराउने भएको छ ।

प्रदेश विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रदेश सरकारको तर्फबाट जनही १ लाख दिने निर्णय गरेको हो । बैठकले पुर्ण रूपमा बाढी पहिरोले घरमा क्षति पु‍याएको परिवारलाई घर बनाउन भूकम्पमा क्षति भए सरह रु. ३ लाख राहत दिने निर्णय समेत गरेको छ ।

बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले विराटनगरको हवाई सेवा सुचारु गर्न, विद्युत प्राधिकरणको दुहबी ग्रिडमा समस्या तत्काल समाधान गर्न, बाढी पहिरोमा फसेकालाई उद्धार तथा सहयोग गर्न र प्रदेश भरि भएको क्षतिको विवरण सङ्कलन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले स्थानीय तहहरूसँगको समन्वयमा सरकारका सबै संयन्त्र परिचालित हुने गरि सबै बाधा अवरोध हटाउन समेत निर्देशन गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बाढीपहिरोमा परि बुधवार साँझसम्म प्रदेश १ मा ३८ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्