बाढीपहिरो अपडेट : देशभर ९२ जनाको मृत्यु, प्रदेश १ मा ५३ जना

बाढीपहिरो अपडेट : देशभर ९२ जनाको मृत्यु, प्रदेश १ मा ५३ जना

विराटनगरं । बिहीबारसम्म बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।

गत आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानमा परेर देशभरका ९२ जनाले ज्यान गुमाएका हुन् । ४२ जना अझै बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कर्णाली प्रदेशमा ७ जनाको मृत्यु भएको छ । लुम्बिनी र बागमतीमा एक–एक जनाले बाढी पहिरोमा परेर ज्यान गुमाएका छन् । सुदूरपश्चिम प्रदेशमा पनि अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । बुधवार जुम्लाको हिमा गाउँपालिका वडा नं. ६ मा खोला तर्दा २८ वर्षीय रत्ना शाही बगेर बेपत्ता भएकी छन् ।

वर्षाका कारण प्रदेश १ मा ५३ जनाले ज्यान गुमाएको १ नं. प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । तथ्यांक अनुसार मोरङको विराटनगर १२ स्थित नालीमा ३६ वर्षीय ईशान भुजेलको शव फेला परेको छ । यस्तै सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ६ लिम्बुचौर खोलामा दाउरा टिप्न गएका एकजना युवकको पनि मृत्यु भएको खबर छ । धरान वडा नं. ११ का ४५ बर्षीय झगेन्द्र राई पनि धरान उपमहानगरपालिका वडा नं. २० स्थित खैरे खोलामा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरीले जनाएको छ ।

कार्यालयका अनुसार इटहरी ५ बस्ने ७२ वर्षीय चन्द्रप्रसाद काफ्ले विराटचोकबाट घरतर्फ फर्कने क्रममा शिवालय मन्दिर छेउको खोल्सीमा मृत फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्