तालिबानले पत्रकारमाथि आक्रमण

<span class='c1'>तालिबानले पत्रकारमाथि</span> <span class='c2'>आक्रमण</span>

४ कात्तिक:काबुलमा महिला अधिकारकर्मीहरुले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार कैयौ पत्रकारहरुमाथि आक्रमण गरेको छ ।शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका महिलाहरुको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्नु भन्ने नारा लगाएका थिए ।

‘हामीसंग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन र बेरोजगारी, गरीबी, भोकले सताएको छ ’ भन्ने लेखिएको प्लेकार्ड ती महिलाहरु बोकेका थिए । तालिबान अधिकारीहरुले ती महिलालाई करिब १ घण्टा ३० मिनेटसम्म स्वतन्त्र रुपमा हिड्न दिएको एएफपी समाचार समिति जानकारी दिएको छ ।
तालिबान लडाकूहरुले. विदेशी पत्रकारलाई राइफल प्रहार गर्नुको साथै फोटोग्राफरलाई पछाडिबाट लात हानेका बताइएको छ ।

प्रदर्शनकारी आयोजक मध्येकी एक जाहरा मोहम्मदीले एएफपीलाई भनिन् कि महिलाहरु जोखिमको बावजुद मार्चपास गर्दै थिए । तालिबानहरुले स्थानीय पत्रकार, विदेशी पत्रकार र महिलाहरु कसैको पनि सम्मान नगरेको उनले बताएकी छिन् । केटीहरुको विद्यालय जाने अधिकारसमेत तालिबानहरु खोसेको पनि उनले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्