अवैध सुन तथा नगद सहित २ जना पक्राउ

अवैध सुन तथा नगद सहित २ जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका बाट स्रोत नखुलेको र बिल भरपाई बिनाको सुन र नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान १५ सगरमाथा लाईनका ४८ बर्षीय राम बहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका २ का ३४ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । बिहीबार दिनको साढे ३ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिल भर्पाइ बिनाको ५ वटा सुनको चुरा र नगद रु. १८ लाख सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जना उपर थप अनुसन्धान भईरहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्