बराहक्षेत्रमा कार दुर्घटना हुँदा चालकको मृत्यु

बराहक्षेत्रमा कार दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । सुनसरीमा अनटेष्ट कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बराहक्षेत्र नगरपालिका–३ बाङ्गेस्थित भित्री सडकखण्डमा कार दुर्घटना हुँदा सोही नगरपालिका–६ चक्रघट्टीका ४० वर्षीय कृष्णप्रसाद दाहालको मृत्यु भएको हो।

प्रहरीका अनुसार बिहीबार राति ८ बजे कालाबञ्जरदेखि चक्रघट्टी आउँदै गरेको कार आफैं अनियन्त्रित भएर सडकबाट पैनीमा पल्टेको थियो।दुर्घटनामा गम्भीर घाइते भएका दाहालको नगर अस्पताल चक्रघट्टी पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। यस्तै, कोसी गाउँपालिका९८ भाण्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा अनटेष्ट स्कुटर दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएङ्को छ।

बिहीबार राति स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा दमक नगरपालिका९१ की २६ वर्षीया सासा लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको स्कुटर राति ११ बजे भाण्टाबारीमा दुर्घटना भएको थियो। लिम्बूको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार बिहान ३ बजे मृत्यु भएको थियो। स्कुटर पछाडि सवार रहेको झापा बुद्धशान्ति गाउँपालिका९१ की २७ वर्षीया रेनु गुरुङ घाइते छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्