प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण

<span class='c1'>प्रदेश १ मा १०८</span> <span class='c2'>जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२९९ जनाको पिसिआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको हो । पिसिआर परीक्षणका आधारमा मोरङमा ५३, सुनसरीमा २३, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४९, कटहरीमा २, बुढीगंगा र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा १४, धरानमा ९, झापाकोे विर्तामोड र मेचीनगरमा २–२, दमकमा १, उदयपुरको बेलका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज १०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२ महिला र ४६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्