आसभ र स्पन्दन फाईनलमा

आसभ र स्पन्दन फाईनलमा

काठमाण्डौं । आसभ सिंह हााडा र स्पन्दन उदास गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधी नजिक पुगेका छन् । तदोवाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगिताको यु – १० को भएको प्रतिस्पर्धाको ब्वाईज तर्फ आसभ हाडाले संजोग ब्लोनलाई ६–४, ६–२ को जित निकाल्दै उपाधी नजिक पुगेका हुन् । यस्तै अर्को खेलमा स्पन्दनले संम्खा हाङ्ग राईलाई ६–०, ६–१ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।

गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको ब्वाईज १४ छात्र तर्फ आयुश्मान घलेले बोरिस अधिकारीलाई ६–१, ६–१ ले तथा राजविर प्रधानले निश्चल कायस्थलाई ६–०, ६–० ले पराजित गर्दै उपाधी निकट पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्