नोभाक जोकोभिचद्वारा डेनिल मेडभेडेभ ४–६, ६–३, ६–३ ले पराजित

नोभाक जोकोभिचद्वारा डेनिल मेडभेडेभ ४–६, ६–३, ६–३ ले पराजित

पेरिस । सात वर्ष लगातार विश्व वरीयताको नम्बर एक स्थानमा रहेर अन्त्य गरेको भोलिपल्टै नोभाक जोकोभिचले दोस्रो वरीयताका डेनिल मेडभेडेभलाई ४–६, ६–३, ६–३ ले हराएर पेरिस मास्टर्सको उपाधि जित्नुभएको छ ।

जोकोभिचको यो कीर्तिमान ३७ औँ मास्टर्स उपाधि हो । उहाँले राफेल नाडालभन्दा एक बढी मास्टर्स उपाधि हात पारेर कीर्तिमान राख्नुभएको हो । पेरिस मास्टर्समा पनि जोकोभिचले छ पटक च्याम्पिन बनेर कीर्तिमान बनाउनुभयो ।

दुई महिनाअघि अमेरिकी ओपनको फाइनलमा रुसी मेडभेडेभले जोकोभिचलाई ग्रान्डस्लाम पूरा गर्नबाट वञ्चित गर्नुभएको थियो । त्यसैले पेरिस मास्टर्सको जित जोकोभिचका लागि बदला पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्