इङ्गलिस प्रिमिय लिगमा वेस्ट ह्यामले लिभरपुललाई ३–२ हरायाे

इङ्गलिस प्रिमिय लिगमा वेस्ट ह्यामले लिभरपुललाई ३–२ हरायाे

लन्डन । इङ्गलिस प्रिमिय लिगमा वेस्ट ह्यामले आइतबार राति लिभरपुललाई ३–२ ले स्तब्ध बनाएको छ । यस हारपछि लिभरपुल तेस्रो स्थानमा झरेको छ । यस नतिजासँगै लिभरपुलको अपराजित यात्रा २६ खेलपछि समाप्त भयो । गत सत्रमा छैटौँ स्थानमा रहेको वेस्ट ह्यामको पछिल्ला ११ खेलमा यो सातौँ जित भएको छ ।

लिभरपलका एलिसन बेकरको आत्मघाती गोल महँगो सावित भयो । वेस्ट हयामका लागि पाब्लो फोर्नल्स कर्ट जोउमाल पनि गोल गर्नुभयो । लिभरपुलका लागि ट्रेन्ट अलेक्ज्यान्दर आर्नोल्ड र स्थानापन्न खेलाडी डिभोक ओरिगीले गोल गर्नुभयो ।

अन्य खेलमा आर्सनलले वाट्फर्डलाई १–० ले हरायो भने टोटनहाम र इभर्टनबीचको खेल गोलरहित तथा लेस्टर र लिडसबीचको खेल १–१ ले बराबरीमा सकिए ।

एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्