आरोहण गुरुकुलमा नाटक ‘दाय–कन्तुर’ को मञ्चन शुरु

आरोहण गुरुकुलमा नाटक ‘दाय–कन्तुर’ को मञ्चन शुरु

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा आजदेखि नाटक “दाय–कन्तुर”को मञ्चन शुरु भएको छ । पद्मश्री सम्मानबाट विभूषित भारतीय लेखक दया प्रकाश सिन्हाको समसामयिक व्यङ्ग्य नाटक अपने अपने दाँवलाई नेपाली रुपान्तरण गरी तयार गरिएको नाटकले समाजमा देखापरेको विकृत तथा विसङ्गत स्वार्थ, लोभलाई देखाउने प्रयास गरिएको हो ।

आरोहण गुरुकुलले तयार गरेको उक्त नाटकमा सङ्गिता यादव, समिक्षा दाहाल, जीवन बस्नेत, अनुपमा बास्तोला, विकास पराजुली, अनु खतिवडा, प्रज्ज्वल दुलाल, अनिल खत्री, देवेन्द्र यादव, अमन धमला र गणेश साहको अभिनय रहेको छ । नाटकको पहिलो मञ्चनअघि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले शुभकामना मन्तव्य राखेका थिए । विराटनगर महानगरपालिकाको प्रवद्र्धनमा मञ्चन भइरहेको उक्त नाटक कात्तिक २७ गतेसम्म मञ्चन हुने गुरुकुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्