लिमीका किसानलाई जग्गामा हिउँ जमेपछि उवा छर्न सकस

लिमीका किसानलाई जग्गामा हिउँ जमेपछि उवा छर्न सकस

राजन रावत
हुम्ला । हिमालपारीको गाउँ लिमीका तीन गाउँका किसानलाई समय भए पनि खेतमा उवा छर्न सकस भएको छ । कात्तिक पहिलो हप्ता बाक्लो हिमपातले जमिन सेताम्मे भएपछि किसानले उवा छर्न नपाउने भएका हुन् ।

लिमीको हल्जी गाउँका कुन्जोक लामाले तीन फिट हिउ खेतमा जमेपछि वर्षको एक बाली पाक्ले उवाको बीउ छर्न नपाएको बताउनुभयो । उहाँले अहिले छरेको उवा अर्को साल असोजमा पाक्ने भए पनि यसवर्ष छर्न नसकिने अवस्था आएको बताउनुभयो । गत कात्तिक पहिलो हप्ता परेको हिमपात जग्गा भरि जमेर सेताम्मे हुँदा गोरु जोत्न नसकिने अबस्था भएपछि किसान चिन्तामा पर्नुभएको छ । उहाँले जग्गामा जमेको हिउँ फालेर संम्भव नहुँने देखिएपछि उवा छर्न नपाईने भएको कारण किसान चिन्तामा परेको बताउनुभयो । नाम्खा गाउँपालिका– ६ को लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ तीन गाउँको जमिन सेताम्मे हुँदा उवा छर्ने समय भए पनि छर्न नपाईने बताउनुभयो । यसबाट लिमीका १४७ घरधुरीका स्थानीय प्रभावित हुनु भएको छ । उहाँले लिमीमा आठ सय भन्दा बढी रोपनी जग्गामा उवा छर्न नपाईने बताउनुभयो ।

उहाँले यो उवा छर्ने समय भए पनि जोत्नका लागि ठिक्क पारिएका जग्गा सेताम्मे रहेको बताउनुभयो । यो समयमा उवा छर्न नपाईए किसानसँग अन्य विकल्प पनि छैन । उहाँले अर्को वर्ष किसानलाई खाद्यन्न समस्या हुने बताउनुभयो ।

हिउँ जमेर सेताम्मे लिमीको उवा छर्ने जग्गा । तस्बिर:राजन रावत, हुम्ला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्