स्पेन विजयी, पोर्चुगल बराबरीमा

स्पेन विजयी, पोर्चुगल बराबरीमा

लन्डन । स्पेन, पोर्चुगल र क्रोसिया बिहिबार रातिको खेलपछि विश्वकप फुटबल छनोटको नजिक पुगेका छन् ।

स्पेनले ग्रीसलाई १–० ले हरायो । पाब्लो साराबियाको गोलले स्पेन विजयी भएको हो । सो समूहमा रहेको स्वीडेन विदा भइसकेको जर्जियासँग २–० ले स्तब्ध भएपछि पनि स्पेनलाई फाइदा पुगेको हो । क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल भने आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकियो । यद्यपि सर्वियाविरुद्धको खेलमा एक अङ्क मात्र हासिल गरेपनि पोर्चुगल विश्वकपमा चयन हुनसक्नेछ ।

समूह एचमा रुस र क्रोसियाले ठूला ेजित हात पारे । रुस्ले साइप्रसलाई ६–० र क्रोसियाले माल्टालाई ७–१ ले पराजित गरे ।

एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्