पोखरेल र भट्टराईको मुक्तक सङ्ग्रह विमोचन

<span class='c1'>पोखरेल र भट्टराईको</span> <span class='c2'>मुक्तक सङ्ग्रह विमोचन</span>

विराटनगर । मुक्तककार बाबुराम पोखरेल र राधा भट्टराईको मुक्तकसङ्ग्रह विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश–१ शाखाले विराटनगरमा आयोजना गरेको कार्यक्रममा पोखरेलको ‘गोलढुंगो’ र भट्टराईको ‘उपासना’ मुक्तकसङ्ग्रहको विमोचन गरिएको हो ।

आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कानेलगायतले संयुक्त रुपमा विमोचन गरेका थिए । प्रतिष्ठानका केन्द्रीय महासचिव रमेश पौडेल, प्राज्ञ दधिराज सुवेदी, विवश पोखरेल, गंगा सुवेदी, साहित्यकार बलराम पोखरेल, मुक्तक प्रतिष्ठान वेलायत शाखाका सल्लाहकार डा. रुपक श्रेष्ठलगायतले वर्तमान मुक्तकको प्रवृत्ति र शैलीका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

विमोचित मुक्तकसङ्ग्रह ‘गोलढुंगो’का बारेमा समालोचक भूषण ढुंगेल, ‘उपासना’का बारेमा रामजी तिम्सिनाले समीक्षा गरे । साहित्यकार भरत गुरागाईं ‘बर्बरिक’ले ‘गोलढुंगो’ सङ्ग्रहभित्रका केही मुक्तक वाचन गरेका थिए ।
ली कान्छो, लक्ष्मी श्रेष्ठ, विनोद विवश, फणिराज नेपाललगायतले आ–आफ्ना सिर्जना वाचन गरे । कार्यक्रममा आयोजक संस्थाका सचिव गोपाल निर्भीक, साहित्यकार लोचन रिजाल, भरत गुरागाईं बर्बरिक, भीम कोइरालालगायतले सम्मानित स्रष्टाहरूको व्यक्तित्व र कृतित्वका विषयमा प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्