सवारी दुर्घटना परी ४ जनाको मृत्यु, १२ जना घाईते

सवारी दुर्घटना परी ४ जनाको मृत्यु, १२ जना घाईते

ओखलढुङगा । ओखलढुङगाको सुनकोशी गाउँपालिका ९ बुलडाँडामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी १२ जना घाईते भएका छन् । सोमबार बिहान साढे ७ बजेको समयमा ओखलढुङगाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश ३ ०१ ०२२ च ९६९४ नंम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु तथा १२ जना घाइते भएका हुन् ।

दुर्घटनामा परी घाईते भएका सिद्धिचरण नगरपालिका १० का ३५ बर्षीया मिठुमाया मगर, १६ बर्षीया तुलसा मगर, १९ बर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामाया मगरलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घाईते अन्य ४ जनालाई मुस्ताङक एयरको हेलिकप्टरद्धारा काठमाण्डौ पठाईएको र ३ जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भईरहेको छ । अन्य घाईतेहरुलाई मिशन अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्