प्रदेश १ मा ५३ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ मा ५३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

३९९ जनाको पीसीआर परीक्षण गर्दा ५० र १०० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इलाममा १–१ जनामा संक्रमण देखिएको प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको मेचीनगरमा ७, विर्तामोडमा ४, कनकाई, भद्रपुर र कमल गाउँपालिकामा २–२, गौरीगञ्ज, दमक, बुद्धशान्ति, गौरादह, अर्जुनधारा, शिवसताक्षी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा १०, रतुवामाई, पथरीशनिश्चरे, केराबारी, सुनबर्षी, जहदा र रंगेलीमा १–१, सुनसरीको इटहरीमा ४, दुहवी र धरानमा १–१, पाँचथरको कुम्मायक र फालेलुङमा १–१, उदयपुरमा १ र इलामको सुर्योदयमा १ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ११ महिला र १४ पुरुष रहेको मन्त्रालयको तथ्यांक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्