मोरङको कटहरीस्थित एउटा उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

मोरङको कटहरीस्थित एउटा उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी नामक उद्योगमा आज (बुधबार) बिहानबाट भीषण आगलागी भइरहेको छ ।

सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लगभग बिहान ५ः३० बजेतिरबाट आगलागी सुरु भएको हो । नवनित अग्रवालले सञ्चालन गरेको उद्योगमा लागेको आगो नियन्त्रण बाहिर छ । स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा दमकलको सहायता लिएर आगो नियन्त्रणको प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । विराटनगर, इटहरी, कानेपोखरी, रङ्गेली, दुहवी लगायतका स्थानबाट गएका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । ठूलो सङ्ख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।

तर पुराना टायर पेलेर तेल उत्पादन गर्दै आएको उद्योगमा लागेको आगो नियन्त्रणमा लिन मुस्किल परिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । दनदनी दन्किएको आगोले उद्योगमा क्षति गरिरहेको सञ्चालक नवनित अग्रवालले बताए । आगो नियन्त्रणको प्रयास जारी राखिएको भए पनि सम्भव नभइरहेको जानकारी उनले दिए ।

तस्बिरहरु : मुकेश साह सोनार (कटहरी)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्