सार्क फाइनान्सको अध्यक्षमा गभर्नर अधिकारी

सार्क फाइनान्सको अध्यक्षमा गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी सार्क राष्ट्रका गभर्नर तथा डेपुटी गभर्नरहरूको छाता संस्था सार्क फाइनान्स गभर्नर्स ग्रुुपको अध्यक्षमा चयन हुुनुभएको छ ।

सार्क फाइनान्स गभर्नर्स ग्रुुपको सोमबार भर्चुअल माध्यमबाट आयोजित ४२औँ बैठकले उहाँलाई अध्यक्ष चयन गरेको हो ।

माल्दिभ्स मनिटरी अथोरिटीद्वारा आयोजित भर्चुअल बैठकमा नेपाल राष्ट्र बैङ्कलगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैङ्कहरू बङ्गलादेश बैङ्क, रोयल मनिटरी अथोरिटी अफ भुटान, भारतीय रिजर्भ बैङ्क, मालदिभ्स मनिटरी अथोरिटी, स्टेट बैङ्क अफ पाकिस्तान र सेन्ट्रल बैङ्क अफ श्रीलङ्काका गभर्नर, डेपुटी गभर्नर तथा सम्बद्ध अधिकारीहरूको सहभागिता थियो ।

बैठकमा दक्षिण एसियाको आर्थिक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था, शोधानान्तर स्थिति, कुल विदेशी विनियम सञ्चिती, मुद्रास्फीति, कर्जा प्रवाह, विकास, जलविद्युत्, पर्यटनलगायतका साझा चासो र सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा नेपालका तर्फबाट गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रका आधारभूत पक्षबारे जानकारी गराउनुुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्