प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेशमन्त्री लुले भेटवार्ता गर्नुहुँदै

प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेशमन्त्री लुले भेटवार्ता गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवसँग दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज भेटवार्ता गर्दै हुनुहुन्छ ।

अमेरिकी सहायक विदेशमन्त्री लुले बिहीबार साँझ साढे ५ बजे बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुहुने प्रधानमन्त्री देउवाको सचिवालयका उपसचिव जनकराज भट्टले जानकारी दिनुभयो ।

यसैगरी शुक्रबार अमेरिकी सहायक विदेशमन्त्री लुले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ। अमेरिकी सहायक विदेशमन्त्री लु बुधबार नेपाल भ्रमणमा आउनुभएको हो । यस क्रममा उहाँले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे पनि छलफल गर्नुहुने छ ।

त्यस्तै आजै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइलरलिङ काठमाडौं आइपुग्दै हुनुहुन्छ । उहाँले नेपाली अधिकारी र नागरिक समाजका अगुवासँग भेट गर्ने कार्यक्रम रहेको छ ।

फाेटाे:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्