बन्दभएका बायुसेवा कम्पनीले बक्यौता बुझाएन्न, केन्द्रीय तहसिललाई पत्राचार गरिदै

बन्दभएका बायुसेवा कम्पनीले बक्यौता बुझाएन्न, केन्द्रीय तहसिललाई पत्राचार गरिदै

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले बिमान कम्पनीले बिमानस्थल प्रयोग गरेवापत नबुझाएको बक्यौता रकम उडान तीन पुस्ते विवरण सहित कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्रचार गर्ने तयारी थालेको छ । नेपालमा आन्तरिक उडान गरेर बन्द भएका नौ वटा वायूसेवा कम्पनीको बक्यौता रकम बुझाउन पटक पटक ताकेता गरे पनि वेवास्ता गरेपछि पत्रचार गर्ने तयारी गरेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताउनुभयो ।

प्राधिकरणले सञ्चालन बन्द गरेका नौ वटा नेपाली वायुसेवा कम्पनीबाट नौ करोड ४९ लाख ५१ हजार ६४ रुपियाँ बक्यौता उठाउन पहल थालेको छ । यी कम्पनीहरु मध्ये सबै भन्दा धेरै नेकोन एयरको चार करोड ७२ लाख २५ हजार ३४३ र कस्मिक एयरको तीन करोड ४७ लाख ५८ हजार रुपैयाँ रहेको छ । त्यस पछि शिवानी एयरको ५५ लाख ५१ हजार ५३ रुपैयाँ, अल्पाइन एयर ७२ हजार ७२८ रुपैयाँ, गोरखा एयर २० लाख ३५ हजार २९ रुपैयाँ, कर्णाली एयर १७ लाख ४६ हजार ३०० रुपैयाँ, माउण्टेन एयर १२ लाख ७३ हजार ६९४ रुपैयाँ, स्काइलाइन एयरवेज १५ लाख ५० हजार ४०० रुपियाँ र एयर काण्ठमन्डप सात लाख ३८ हजार ४४७ रुपैयाँ रहेको छ ।

प्राधिकरणले २०७८ भदौ १२ गते तेस्रो पटक सूचना प्रकाशन गरी अन्तिम ताकेता गरेको थियो । सूचना पछि केही कम्पनीले बुझाएको र केही कम्पनी सम्पर्कमा आएको महानिर्देशक क्षेत्रीले जानकारी दिनुभयो । प्राधिकरणका अनुसार स्काइलाइन र नेपाल एयरवेजले केही रकम बुझाएको, सिवानी एयरले म्याद थपको माग गरेको, अमेरिका बस्दै आएको अल्पाइन एयरका सञ्चालकले उक्त रकम नतिर्ने भनी जानकारी गराएको र अन्य कम्पनीका सञ्चालक सम्पर्कमा नआएको जनाएको छ ।

प्राधिकरणसँग भन्सार विभागको ५४ करोड, नेपाल एयरलाइन्सको नौ करोड र इण्डियन एअरलाइन्स सहित अन्य कम्पनीको गरी हालसम्म दुई अर्ब रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको जनाएको छ । यी मध्ये एक अर्ब रुपैयाँ भने उठ्नै नसक्ने अवस्थामा रहेकाले प्रक्रिया पु¥याएर कुमारी चोक तथा केन्द्रीय तहसील कार्यालयलाई पत्रचार गर्ने तयारी समेत गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्