काठमाण्डाै । नेपाल बार एसोसिएशनको कार्यालय परिसरमा कानुन व्यवसायीलाई जथाभाबी गाली गर्ने दुई जना पक्राउ गरेका छन् ।
तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई काठमाण्डौको टेकुमा रहेको अपराध महाशाखामा राखिएको छ ।
उनीहरुले हिजाे पैसा खाएर जथाभाबी मुद्दा हेर्ने गरेको भन्दै कानुन व्यवसायीलाई अश्लील गाली गरेका थिए ।
उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।