नेपाली कांग्रेसको १४ औं महाधिवेशन : मोरङमा प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु

नेपाली कांग्रेसको १४ औं महाधिवेशन : मोरङमा प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मोरङ जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु भएको छ ।

यसपटकको अधिवेशनले स्थानीय तहमा उत्साह थपेको विराटनगर महानगरपालिकाका मेयर एवं संघीय महाधिवेशन प्रतिनीधि भीम पराजुलीले बताए। अन्य दलको अधिवेशन गुपचुप सुनसान रुपमा भएपनि लोकतान्त्रिक पार्टी कांग्रेसको अधिवेशनमा निर्वाचनको झल्को आइरहेको मेयर पराजुलीले बताए। अधिवेशनले सर्वसाधारणलाई समेत पार्टीसंग जोडेर अघि बढाउन सफल भएको बताउँदै क्षेत्र नम्बर ४ बाट उम्मेद्वारी दिएका पराजुलीले अधिवेशन सकारात्मक हुने अपेक्षा गरे ।

त्यसैगरि, शुक्रबार सुरु हुने प्रदेश, केन्द्र र जिल्ला तहको अधिवेशनले पार्टीभित्र समेत सकारात्मक प्रभाव पर्ने नेपाल ट्रेड यूनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष मोरंग क्षेत्र नम्बर ४ बाट केन्द्रीय महाधिवेशन प्रतिनीधि अजयकुमार राईले बताए। विभिन्न समुदायबाट अधिवेशनमा उम्मेदवारी आइरहँदा श्रमिक मजदुरको हक अधिकार सुनिश्चित गर्नका लागि आफुले उम्मेदवारी दिएको उनले बताए। पार्टीभित्र सबै क्षेत्रले स्थान पाउनुपर्नेमा जोडदिएका राईले अधिवेशनमा जितहार भन्दापनि पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन मद्धत मिल्ने बताए । लामोसमयदेखि  यूनियनमा सक्रिय राईले पार्टीले ट्रेड यूनियनकर्मीलाई प्राथमिकतामा नराख्ने गरेको गुनासो गरे ।

त्यसैगरि, अधिवेशनले मुलुकमै उत्साह थपेको पयर्टन तथा होटल ब्यवसायी भविषकुमार श्रेष्ठले बताए । मोरङ क्षेत्र नम्बर ६ को ख बाट उम्मेदवार रहेका श्रेष्ठले अधिवेशनले उम्मेदवार र कार्यकर्ता सबै प्रचार प्रसारमा हिँडदा तीन तहको निर्वाचन झै भएको बताए । पार्टी भित्रको गुट उपगुट अन्त्य हुनुपर्नेमा जोड दिएका श्रेष्ठले आउँदो निर्वाचनसम्म यसप्रकारको राजनीति उत्साहको वातावरण हुदाँ सर्वसाधारणमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।

मोरङको ६ वटा निर्वाचन क्षेत्रको क र ख गरि कुल १२ वटा निर्वाचन क्षेत्र रहेकाछन्। जिल्ला निर्वाचन अधिकृत केदार कार्कीका अनुसार प्रदेश निर्वाचन क्षेत्रका लागि तोकिएको १२ स्थानमा मनोनदय दर्ता कार्य सुरु भएको छ । सबै क्षेत्रमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजेर ३० मिनेटसम्ममा गर्न कार्य तालिका रहेको बताएका अधिकृत कार्कीले मनोनयन फिर्ताका लािग डेढ देखि २ बजेसम्मको समय तोकिएको बताए ।

मोरङका ६ निर्वाचन क्षेत्रमा भने करिब ३ हजार ६ सय मतदाता रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्