प्रदेश नं २ मा थप नियुक्त मन्त्रीहरुको शपथ ग्रहण

प्रदेश नं २ मा थप नियुक्त मन्त्रीहरुको शपथ ग्रहण

लक्ष्मी चौधरी
जनकपुरधाम । प्रदेश नं २ काे सरकारमा नव नियुक्त दुई मन्त्रीहरूले शपथ ग्रहण गर्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवले मन्त्री पदकोे शपथ ग्रहण गर्नुभएको हो ।

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानुन, न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवार पाउनुभएको छ ।

प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधामस्थित मधेश भवनमा आइतबार विहान आयोजित समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्रले दुवै मन्त्रीलाई शपथ ग्रहण गराउनुभएको हो ।

मन्त्री पदको शपथ ग्रहण गराउँदै साथमा मुख्यमन्त्री लालबाबु राउत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्