खेलकुद मन्त्रीद्वारा कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट एकेडेमीको शिलान्यास

खेलकुद मन्त्रीद्वारा कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट एकेडेमीको शिलान्यास

सिराज खान
नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आइतबार बाँकेको कोहलपुरमा ‘राष्ट्रिय क्रिकेट महिला एकेडेमी’को सिलान्यास गर्नु भएको छ ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधीण अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री गहतराजले महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्नुभएको हो ।

मन्त्री नियुक्त भएलगत्तै उहाँले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने निर्णय गर्नुभएको थियो ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री गहतराजले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो । एकेडेमी निर्माणका लागि फास्ट ट्रयाकमा डिपिआर तयार भइसकेको जानकारी दिँदै उहाँले केही दिनमै पूर्वाधार निर्माणको प्रक्रिया सुरु गरिने प्रतिवद्धता जनाउनुभयो ।

रात्रिकालीन खेल संचालन गर्न सकिने तथा आवासीय सुविधासहित अन्तराष्ट्रिय स्तरमा निर्माण गरिने एकेडेमीको लागत एक अर्ब २२ करोड अनुमान गरिएको मन्त्रीले बताउनुभयो ।

आगामी तीन वर्षभित्र सम्पन्न गर्नेगरी तत्कालै पूर्वाधार निर्माणको काम अगाडि बढाइनेछ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)का पदाधिकारी तथा इन्जिनियरको टोलीसहित कोहलपुर पुग्नुभएका मन्त्री गहतराजले त्यसक्रममा निर्माणाधीन अवस्थामा रहेको कोहलपुर क्रिकेट मैदानको समेत अनुगमन भयो । मैदानका लागि यस वर्ष ७० लाख रुपियाँको बजेट विनियोजन भएको पनि उहाँले जनाउनुभयो ।

महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्दै मन्त्री गहतराज ।
तस्विर: सिराज खान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्