प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ५, सुनसरी र प्रदेश १ बाहिरका ३/३ जनामा संक्रमण देखिएको प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको अर्जुनधारा, मेचीनगर, कनकाई, विर्तामोड, गौरादह, कमल र झापा गाउँपालिकामा १/१, मोरङको विराटनगरमा ३, रंगेली र कटहरीमा १/१, सुनसरीको इटहरीमा २ र इनरुवामा १ तथा प्रदेश १ बाहिरका ३/३ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । संक्रमणमुक्त हुनेमा २० महिला र १९ पुरुष छन् । पछिल्लो २४ घण्टामा भने कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्