अवैध गाँजा सहित एकजना पक्राउ

अवैध गाँजा सहित एकजना पक्राउ

विराटनगर । अवैध गाँजा सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलबारी–३ का २४ बर्षीय टेम्पो चालक बुद्धराज राई रहेका छन् । रंगेली–१ स्थित इलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरी टोलीले १६ किलो गाँजा सहित उनलाई मंसिर ४ गते पक्राउ गरेको हो । शंकास्पद देखिएर विशाल बजार चौकमा चेकजाँच गर्ने क्रममा राईसँग गाँजा बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

हाल प्रहरीले भने लागुऔषध कसुरमा जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरि घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्