बराबरीमा सकियो विभागीय डर्बी

बराबरीमा सकियो विभागीय डर्बी

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा सोमबार भएको विभागीय डर्बी भिडन्त १–१ गोलको बराबरीमा सकिएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसमा लागि सन्तोष हेमरामले सुरुवाती गोल गर्नुभयो । आर्मीका विवेक बस्नेतले बराबरी गोल फर्काउनु भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीबाट गोलसम्भव भयो ।

५१औँ मिनेटमा सन्तोष हेमरामले गोल गर्दै पुलिसको उत्साह जगाउनुभयो । उहाँले तेज तामाङको फ्रिकिक पासमा हेडगोल गर्नुभएको थियो । त्यसपछि ६१औँ मिनेटमा आर्मीका विवेक बस्नेतले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

विवेकले पुलिसका रक्षक बुद्ध तामाङको कमजोरीमा गोल गर्नुभएको थियो । त्यसपछि थपगोल नहुँदा खेल बराबरीमा सकियो । पहिलो बराबरीसँगै आर्मी र पुलिसले एक एक अंक बाँडेका छन् । आर्मीका सेसेहाङ आङ्देम्वे ‘म्यान अफ दी म्याच’ चुनिनु भयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पनि प्राप्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्