व्यवसायी कार्की छैठौं पटक उत्कृष्ट करदाता घोषित

व्यवसायी कार्की छैठौं पटक उत्कृष्ट करदाता घोषित

उदयपुर । उदयपुर कटारीका एक व्यवसायी छैठौं पटक उत्कृष्ट करदाता घोषित भएका छन् ।

आन्तरिक राजस्व कार्यालय लहानबाट सबैभन्दा बढी कर बुझाएर नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रा. लि कटारीका सञ्चालक प्रयास कार्की उत्कृष्ट करदाता घोषित भएका हुन् । कार्कीको कम्पनीले आर्थिक बर्ष ०७६/०७७ मा ४६ लाख ४ हजार ४ सय कर तिरेर सबैभन्दा बढी कर तिर्ने व्यवसायीको पहिचान बनाएको करदाता सेवा कार्यालय गाईघाटले जानकारी दिएको छ । कार्यालयका अनुसार नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रा.लि आर्थिक वर्र्ष २०७१÷०७२ देखि निरन्तर सबैभन्दा बढी कर तिर्दै आएको व्यावसायिक फर्म हो ।

२०७७ माघ १२ गते करदाता सेवा कार्यालयले पेश गरेको आय विवरणमा कार्कीद्धारा सञ्चालित नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रा.लि ले ३९ करोड ९६ लाख १६ हजार ३८३ रुँपैयाको कारोबार गरेकोमा उक्त फर्मबाट १ करोड ८४ लाख १७ हजार ६ सय १ रुँपैया कर योग्य आय प्राप्त भएको छ । जसमध्ये कार्कीले ४६ लाख आयकर तिरेको करदाता सेवा कार्यालयका सुचना अधिकारी रेक मगरले जानकारी दिए । कार्की समूहको हिमशिखर सप्लायर्स त्रियुगा नगरपालिका २, हिमगिरी सप्लायर्स कटारी ४ र नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रा.लि छैठौं पटक धेरै आयकर तिर्ने उत्कृष्ट फर्म बन्न सफल भएको छ । कार्कीको कम्पनीले आर्थिक बर्ष ०७५/०७६ मा २६ लाख ३१ हजार आयकर तिरेर पहिलो बनेको थियो ।

आन्तरिक राजस्व कार्यालय लहानले कर सप्ताहको अन्तिम दिन बुधबार एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । यसअघि करदाता सेवा कार्यालय उदयपुरबाट बढी कर तिर्नेमा दिप्सा हार्डवेयरका सञ्चालक नविन निरौला उत्कृष्ट करदाता र करदाता सेवा कार्यालयमा कार्यरत नायब रेक मगर उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भईसकेका छन् ।

नेपालमा भने २०५४ मङ्सिर १ गतेबाट मुल्य अभिवृद्धि कर लागु भएपछि २०६७ मंसिर १ बाट ‘राष्ट्रिय कर दिवस’ मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्