नेपाली कांग्रेस महाधिवेशन : मोरङको संघीय निर्वाचन क्षेत्रको निर्वाचन, संस्थापन पक्ष कमजोर

नेपाली कांग्रेस महाधिवेशन : मोरङको संघीय निर्वाचन क्षेत्रको निर्वाचन, संस्थापन पक्ष कमजोर

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङको संघीय निर्वाचन क्षेत्रको निर्वाचन परिणामले संस्थापन पक्ष कमजोर देखिएको छ ।

संघीय ६ वटा निर्वाचन क्षेत्रमा पौडेल–कोइराला पक्षको पकड बलियो देखिएको हो । निर्वाचन क्षेत्र नम्बर ५ मा बाहेक अन्य सबैमा पाडैल–कोइराला पक्षका सभापति निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा शंकर राई विजयी भएका छन् । उनी सर्वसम्मत भएका हुन । यसैगरी २ मा नागेश्वर सिंह, ३ मा गणेश खड्का र क्षेत्र नम्बर ५ मा जिवक्ष गच्छदार निर्वाचित भएका छन् । गच्छार सर्वसम्मत निर्वाचित भएका हुन् । उनलाई संस्थापनतर्फका केन्द्रीय सदस्य अमृत अर्यालको साथ थियो ।

निर्वाचन क्षेत्र नं ४ मा मतगणना जारी छ । बिनोद बस्नेतले अग्रता लिई रहेको निर्वचन समितिले जनाएको छ । उनी नेता महेश आचार्यको समर्थनमा उमेदार बनेका थिए । निर्वाचन क्षेत्र नम्बर ६ मा सभापतिसहित सबै पदाधिकारी डा. शेखर कोइराला पक्षका उमेदार विजयी भएका छन् । क्षेत्रीय सभापति देवराज तामाङले जितेका छन् । यो क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा समेत कोइराला पक्षकको पकड देखिएको छ । क्षेत्र नम्बर २ र ४ मा राति अबेरसम्म पनि मतगणना जारी थियो । मतदान ढिलो गरी शुरु भएकोले गणना कार्य ढिलो भएको नेपाली कांग्रेस मोरङका सभापति शिवनारायण सिंह गन्गाईले जानकारी दिएका छन् ।

कांग्रेस निर्वाचनमा प्रदेश नं १ का सांसदसहित पूर्वमन्त्री र अग्रभागका नेताहरु समेत पराजित बनेका छन् । प्रदेश सांसदहरु बिन्दिया कार्की, शेखरचन्द्र थापा र शान्ता पौडेल पराजित भएका छन् । नेतृ मृदुला कोइराला, नेविसंघका पूर्वनेता बाबुराम कोइराला, दीपक लोहनी, महिला संघ मोरङकी सचिव प्रमिला थापा, दामोदर कोइरालालगायत पराजित भएका छन् । महाधिवेशनमार्फत केन्द्रीय पदाधिकारी चयन गर्ने प्रतिनिधिमा समेत संस्थापनभन्दा पौडेल–कोइराला पक्ष अधिक विजयी भएको बताइएको छ । मतदानको सम्पूर्ण विवरवण आउन र अद्यावधिक हुन अझै समय लाग्ने पार्टी सचिव मोदराज घिमिरेले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्