एमाले सचिवमा उम्मेदवारी दिने प्रदेश १ का पुर्व मुख्यमन्त्री राईको घोषणा

एमाले सचिवमा उम्मेदवारी दिने प्रदेश १ का पुर्व मुख्यमन्त्री राईको घोषणा

विराटनगर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन अन्र्तगत प्रदेश नं. १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।

विद्यार्थी संगठनबाट राजनितिक यात्रा सुरु गरेर पार्टीको पोलिटब्युरो सदस्य हुँदै प्रदेश १ का मुख्यमन्त्री समेत भईसकेका राईले सचिव पदको उम्मेदवारी दिने घोषणा गरेका हुन् । नयाँ नेतृत्व चयनका लागि शुक्रबारदेखि चितवनमा नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । यसअघि चार कार्यकाल भोजपुर जिल्ला अध्यक्ष भएका उनी नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य समेत चुनिएर प्रदेश १ का मुख्यमन्त्री बनेका थिए ।

राईसँग २०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेको अनुभव पनि छ । २०४४ सालदेखि अनेरास्ववियू मार्फत क्रियाशिल भएर भोजपुर जिल्ला कमिटी अध्यक्ष र २ कार्यकाल अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य बनेका राई २०५०–२०५४ सम्म अनेरास्ववियूको पूर्वाञ्चल प्रमुख थिए । नेकपा एमाले भोजपुरको प्रमुख पदमा ४ कार्यकालसम्म निर्विरोध निर्वाचित भईसकेका राईले २०४४ सालमा ३ वर्ष भूमिगत जीवन बिताएका छन् ।

२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा राई दोस्रोपटक सांसद बनेका थिए । दोस्रो संविधानसभामा राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे । दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलोपटक मन्त्री बनेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्