ओलीले दिए एमाले अध्यक्षमा उम्मेदवारी

ओलीले दिए एमाले अध्यक्षमा उम्मेदवारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनबाट फेरि अध्यक्ष हुन उम्मेदवारी दर्ता गरेका छन्।

आइतबार राति आफूलाई अध्यक्ष राखेर ओलीले प्रस्ताव गरेको पदाधिकारी र केन्द्रीय सदस्यमा उपाध्यक्ष भीम रावलले असहमति राखेपछि ओलीले फेरि अध्यक्ष बन्न चुनाव लड्नु पर्ने भएको हो। ओलीको उम्मेदवारी विष्णु पौडेल प्रस्तावक र शंकर पोखरेल समर्थक रहेका छन्।

ओलीले पौडेललाई उपाध्यक्ष र पोखरेललाई महासचिव बनाउन प्रस्ताव गरेका छन्।

एमाले उपाध्यक्ष रावलले यसअघि नै अध्यक्षमा उम्मेदवारी दर्ता गरिसकेका छन्।

साभार:सेतोपाटी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्