माओवादी केन्द्र धनपालथान गाउँपालिकाको अध्यक्षमा सरदार

माओवादी केन्द्र धनपालथान गाउँपालिकाको अध्यक्षमा सरदार

विराटनगर नेकपा माओवादी केन्द्र धनपालथान गाउँपालिकाको नयाँ कार्यसमिति चयन भएको छ ।

ग्यानन्द सरदारको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमिति चयन भएको हो । मंसिर ११ गतेको महाधिवेशनले धनपालथानको नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गुनेश्वर यादव र मनोज मण्डल, महिला उपाध्यक्षमा कौशिला देवी राजवंशी, सचिवमा आनन्दी मण्डल, सह–सचिवमा अरुण चौधरी र कोषाध्यक्षमा कलेश्वर पासवान चयन भएका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संघीय सांसद शिवकुमार मण्डल सहितका पार्टीका क्रियाशील सदस्य लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्