राप्रपा अध्यक्ष थापाले पुनः अध्यक्ष पदको उम्मेदवारी दिने

राप्रपा अध्यक्ष थापाले पुनः अध्यक्ष पदको उम्मेदवारी दिने

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आसन्न महाधिवेशनमा पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले पार्टी नफुटाउने सङ्कल्प गर्दै उम्मेदवारी दिने बताएका छन् । आफुले अध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी तथा अन्य पुराना नेताहको पनि आर्शिवाद लिएर चुनावमा जाने तयारी रहेको उनले जानकारी दिए ।

उनले भने, ‘केवल नाम मात्रको होइन, मन वचन र कर्मले एकताको महाधिवेशन बनाउनुपर्छ । यो महाधिवेशनबाट एकता, सद्भाव र सहमतिको सन्देश दिनुपर्छ ।’

अर्का अध्यक्ष पशुपति शमशेर राणाले अध्यक्ष पदमा उम्मेदवारी नदिने र प्रकाशचन्द्र लोहनीले पनि पार्टी एकतामा जोड दिएका कारण महाधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्ने बिषयमा जोड दिए ।

राप्रपाको अध्यक्षका लागि नेता राजेन्द्र लिङ्देनले भने यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । राप्रपाको अधिवेशन यही मंसिर १५ देखि काठमाण्डौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्