बाढी र पहिरो अवरुद्ध सडक झण्डै एक महिनापछि खुल्यो

बाढी र पहिरो अवरुद्ध सडक झण्डै एक महिनापछि खुल्यो

शैलेन्द्र रोकाया
बझाङ । गएको कात्तिक १ गतेदेखि ३ गतेसम्म आएको बाढी र पहिरोका कारण अवरुद्ध सेती लोकमार्ग अन्र्तरगतको जडार थामलेख सडक एक महिना झण्डै डेढ महिना पछि खुलेको छ । बेमौसमि वर्षासँगै आएको बाढी र पहिरोका कारण छेद विच्छेद भएको उक्त सडकलाई गाउँपालिकाले डोजर प्रयोग गरेर अस्थायी रुपमा खोलेर यातायात सुचारु भएका छन् ।

खप्तडछान्ना गाउँपालिकामा जडारीगाडमा आएको बाढीले सडक छेउछाउँ हुँदै गएको सेती लोकमार्ग अन्र्तरगतको मष्टाको पातिहाल्ना देखि कालुखेती सम्मको सडक अवरुद्ध बनेको थियो । बाढीले अधिकांश ठाउँमा सडक कटान गरी बगर बनाएको थियो भने अधिकांश ठाउँमा सडक भएको ठाउँमा नदी बगेकाले गाउँपालिकाले अस्थायी रुपमा सडक निर्माण गरेको हो । तत्काल समस्या टार्नका लागि गाउँपालिकाले सडक खोलेको भए पनि दीर्घकालिन रुपमा बनाउन ठूलो रकमको आवश्यकता पर्ने स्थानीयको भनाइ छ । खप्तडछान्ना गाउँपालिका – ४ हिमन्त रोकायाले भन्नुभयो, यो सडक बनाउन ठूलो रकम आवश्यक पर्ने देखिन्छ , ठाउँ ठाउँमा पहिरा र कुनै ठाउँमा बाढीले सडक नै बगाएका कारण मङ्सिरदेखि वैशाखसम्म मात्र यो बाटो चल्छ, पछि जडारीगाडमा पानीको बहाव बढी भएपछि फेरि अहिले बनाएको वैकल्पिक बाटो समेत बगाउँछ त्यसैले यो सडकलाई दीर्घकालिन बनाउनुपर्ने बताउनुभयो ।'

बाढी र पहिरोले सबैभन्दा बढी क्षति गरेको खप्तडछान्नामा अन्य ग्रामिण सडकहरु समेत छेद विच्छेद भएका छन् । गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले भन्नुभयो,“ अहिले गाउँपालिकाले अस्थायी रुपमा वैकल्पिक मार्ग खुलाएका छौँ । जडारबाट काम सुरु गरेको उक्त सडकमा लगभग पाँच किलो मिटर अस्थायी सडकमा यातायातका साधनहरु गुडेका छन् ।

जिल्लाको खप्तडछान्ना गाउँपालिकामा रहेको जडार थामलेख सडकमा यातायातका साधनहरु सुचारु । तस्बिर:शैलेन्द्र रोकाया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्