लेखापरीक्षणमा सूचना प्रविधि

लेखापरीक्षणमा सूचना प्रविधि

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सूचना प्रविधिको माध्यमबाट लेखापरीक्षण गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको छ । लेखापरीक्षणका लागि नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणाली (नाम्स) ‘सफ्टवेयर’को प्रयोग गरिने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

महालेखापरीक्षक टङरकमणि शर्मा दङरगालले लेखा प्रणालीलाई चुस्त दुरुस्त राख्नुका साथै सूचना प्रविधिको प्रयोग गरेर प्रणालीलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण फडरको मार्न लागेको बताउनुभयो । उहाँले सबै सरकारी कार्यालयलाई अल्छी नगरी समयमै आयव्यय अद्यावधिक गर्न आग्रह गर्नुभयो ।

मुख्यसचिव शङरकरदास वैरागीले मन्त्रालयका सचिव तथा निकायका लेखा अधिकारीलाई उक्त प्रणालीमा उच्च महत्त्वका साथ अगाडि बढाउन निर्देशन दिनुभयो । उहाँले बेरुजुको परिमाण बढरदै गएकोमा चिन्ता व्यक्त गर्दै यस वर्ष शून्य बेरुजुको वर्ष मनाइरहेकाले सबैले अपनत्व लिनुपर्ने बताउनुभयो ।

उक्त सफ्टवेयरको प्रयोगसँग अब सबै सरकारी कार्यालयको लेखापरीक्षण कागजरहित, डिजिटल प्रविधिबाट हुनेछ । लेखापरीक्षण योजना, लेखापरीक्षण प्रतिवेदन, सम्परीक्षणलगायतका सबै कार्य उक्त सफ्टवेयरको प्रयोगले हुनेछ ।

महालेखा परीक्षकको कार्यालयले उक्त सफ्टवेयर प्रयोगसम्बन्धी निर्देशिका–२०७८ जारी गरेको छ । साथै, ‘न्याम्स’ व्यवस्थापनका लागि लेखापरीक्षण र सूचना प्रविधिका विज्ञ सम्मिलित समितिसमेत गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्