महाधिवेशनले व्युँतायो चितवनको व्यवसाय:एक सातामा एक अर्बको कारोबार

महाधिवेशनले व्युँतायो चितवनको व्यवसाय:एक सातामा एक अर्बको कारोबार

शालिग्राम नेपाल
सौराहा (चितवन) । नेकपा एमालेको चितवनमा भएको दसौँ महाधिवेशनका कारण जिल्लामा करिब एक अर्ब रुपियाँबराबरको कारोबार भएको व्यवसायीले बताएका छन् ।

एमालेको महाधिवशेन मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो । मंसिर १० गते उदरघाटन गर्ने भने पनि सहभागी दुई दिन अघिदेखि नै चितवनका होटलमा बसेका थिए । सहभागीको बसाइ, खानपिन र अन्य खर्च गरेर एक अर्ब रुपियाँको कारोबार भएको रत्ननगर उद्योग वाणिज्य सङरघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

सौराहामा ११ देखि १२ गतेसम्म बन्दसत्र सञ्चालन हुने भने पनि लम्बिएर मंसिर १४ गते रातिसम्म चलेको थियो । बुधबारमात्र नेता तथा कार्यकर्ताले जिल्ला छाडेका थिए । उदरघाटन कार्यक्रममा पाँच लाखभन्दा धेरै जनता सहभागी भएको एमाले जिल्ला अध्यक्ष पार्वती रावलले बताउनुभयो । रत्ननगर उद्योग वाणिज्य सङरघका अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘यातायातमा हुने खर्च, सौराहाभन्दा बाहिरको बसाइ त्यहाँ हुने खर्च सबैलाई हेर्दा एक अर्ब रुपियाँको कारोबार भएको हामीले अनुमान गरेका छौँ । ’’

होटल तथा रेष्टुरेन्ट व्यवसायी सङरघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले सबै क्षेत्रलाई जोडरने हो भने एक अर्ब रुपियाँको कारोबार भएको अनुमान गरेको जानकारी दिनुभयो । कोरोनाका कारण थलिएर बसेको अवस्थामा महाधिवेशनले दीर्घकालीन रूपमा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको उहाँले जानकारी दिनुभयो ।

क्षेत्रीय होटल सङरघ सौराहाका अध्यक्ष दीपक भट्टराईले होटलका कोठामात्रै तीन हजार पाँच सय बुक भएको र दुई दिन लम्बिएकाले खर्च स्वतः वृद्धि भएको जानकारी दिनुभयो । सेवेन स्टार होटलका सञ्चालक माधव दवाडीले भन्नुभयो, ‘‘होटल बुक ३५ सय भयो महाधिवेशनमा हेर्न र सहभागी १० हजार थिए । उनीहरूको खर्च पनि यही सौराहा टाँडी क्षेत्रमा भएको थियो । ’’ सौराहाका पर्यटन व्यवसायीका कारण यस क्षेत्रमा मात्रै करिब १५ करोड रुपियाँ खर्च भएको छ । सौराहामा भएको कार्यक्रमका कारण पर्यटन क्षेत्रमा दीर्घकालीन प्रचार भएको होटल व्यवसायी दामोदर रेग्मीले बताउनुभयो ।

हामीले करोडौँ रुपियाँ खर्च गरेर गर्नुपर्ने प्रचार–प्रसार महाधिवेशनबाट भएको छ, रेग्मीले भन्नुभयो । महाधिवेशनका कारण चितवनको सौराहा, टाँडी, पर्सा, भरतपुर, नारायणगढ, पटिहानी, मेघौली, नवलपरासीको गैँडाकोट क्षेत्रका समेत होटल बुक भएका थिए । चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले महाधिवेशनले दशसौँ वर्षसम्म प्रचार भएको बताउनुभयो । १५ हजार शøया क्षमता रहेको चितवन एकैसाथ भरिनु भनेको पर्यटन क्षेत्रको प्रचारमा ठूलो सहयोग भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्