तेक्वाण्डोको ब्ल्याक बेल्ट ग्रेडिङमा ४१ खेलाडी दिक्षित

तेक्वाण्डोको ब्ल्याक बेल्ट ग्रेडिङमा ४१ खेलाडी दिक्षित

कानेपोखरी । मोरङको कानेपोखरीमा प्रदेशस्तरीय ४१ खेलाडी कालो बेल्टमा ग्रेडिङ भएका छ्न् । ब्लाक बेल्ट प्रथम डानबाट ३४ जना, दोश्रो डानबाट ६ जना र तेस्रो डानबाट १ जना दिक्षित भएका हुन ।

ब्ल्याक बेल्ट प्रथम डानबाट दिक्षित हुनेमा कानेपोखरी तेक्वाण्डोबाट आशिष भुजेल र निश्चल लिम्बू साथै दोश्रो ग्रेडिङबाट इन्दिरा थापा र युवराज भुजेल लगायत रहेका छ्न । दिक्षित हुनेमा १ नम्बर प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम, ताप्लेजुङ लगायतका १३ जिल्लाका खेलाडीहरू रहेका छ्न । सो कार्यक्रममा भोजपुरका खेलाडी भने प्राविधिक समस्याका कारण अनुपस्थित रहेका थिए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा आईटिएफ तेक्वाण्डोका अध्यक्ष अन्जन धमलाले शुक्रबार उद्धघाटन गरेको दुईदिने कार्यक्रम अन्तर्गत शुक्रबार कालो बेल्टको सेमिनार सम्पन्न भएको थियो ।

कानेपोखरी –६, स्थित रमाइलो साकोसमा सम्पन्न भएको ग्रेडिङ कार्यक्रमको अध्यक्षता आइटिएफ कानेपोखरीका अध्यक्ष युवराज भुजेलले गरेका थिए भने प्रमुख अतिथी पालिका अध्यक्ष ताराबहादुर काफ्लेले रहेका थिए । आइटिएफ प्रदेश अध्यक्ष प्रविन कुमार कार्की, आइटिएफ तेक्वान्डो केन्द्रिय अध्यक्ष अन्जन धमला, वडा अध्यक्षहरू सुशील बुढाथोकी, खड्ग बस्नेत, मोहनप्रसाद अधिकारी, युवा संघ जिल्ला अध्यक्ष नवीन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथी काफ्लेले तेक्वाण्डो खेलले मानिसहरुलाई आत्मरक्षा, अनुशासन र सामाजिक चरित्र निर्माणमा सहयोग गर्ने बताए । आइटिएफ तेक्वाण्डो कानेपोखरीलाई राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न शुभकामना समेत दिए ।
आइटिएफ तेक्वान्डो केन्द्रिय अध्यक्ष अन्जन धमलाले मानव स्वास्थ्यको मुख्य मेरुदण्ड खेलकुद क्षेत्र भएकाले खेलकुदलाई सबैले व्यक्तित्व बिकाससँगै स्वास्थ्य र राष्ट्रिय गौरवको रुपमा लिनुपर्ने बताए । उनले लुकेर रहेका प्रतिभावान खेलाडीलाई बाहिर ल्याउन सबैले सहयोग गर्नुपर्ने पनि बताए ।

दुई दिनसम्म सञ्चालन भएको सेमिनार तथा ग्रेडिङमा जिल्ला बाहिरबाट ५० जना र भित्रबाट ५० जना गरी जम्मा १ सय जनाले सहभागीता जनाएको आइटिएफ कानेपोखरीका अध्यक्ष युवराज भुजेलले सुनाए ।
कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गद्धारा एक महिना अघि प्रदेश स्तरीय महिला र पुरुषको तौल समूहमा इस्पारिङ र प्याटनतर्फको प्रतियोगिता सम्पन्न गर्दै प्रदेशमै पहिलो बनेका थिए । त्यसैगरी तीन दिन अघि प्रदेश १ कै उत्कृष्ट डोजाङ्गमा कानेपोखरी आईटिएफ तेक्वाण्डोले पुरस्कार प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्