काठमाण्डौंमा हुने पिएम कपका लागि मोरङबाट ३० खेलाडी छनौट

काठमाण्डौंमा हुने पिएम कपका लागि मोरङबाट ३० खेलाडी छनौट

विराटनगर । मोरङ क्रिकेट संघले सञ्चालन गरेकाे ट्रायलबाट ३० खेलाडी छनौटमा परेका छन् ।

मोरङ जिल्ला क्रिकेट संघले ३० खेलाडीलाई बन्द प्रशिक्षणका लागी छनौट गरेकाे हाे । विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीमा मंगलबार भएको प्रक्रियामा ६३ जनाबाट उनीहरू छनौटमा परेका छन् ।

संघले काठमाडौंमा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता (पीएम कप) का लागी खेलाडी छनौट गरेकाे हाे । विराटनगरमा ३ दिन सम्म बन्द प्रशिक्षण हुने मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरेले जानकारी लिए । बन्द प्रशिक्षणबाट १८ खेलाडी पीएम कपका लागी छनौट हुने उनले बताए ।

छनौट भएका खेलाडीले मोरङकाे प्रतिनिधित्व गर्दै पीएम कप खेल्ने छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्