माईजोगमाई अध्यक्ष कप : माई नगरपालिका सेमिफाइनलमा प्रवेश

माईजोगमाई अध्यक्ष कप : माई नगरपालिका सेमिफाइनलमा प्रवेश

नयाँबजार । माईजोगमाई अध्यक्ष कपमा माई नगरपालिकाले विजयी सुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

उद्धघाटन खेलमा माई नगरपालिकाले घरेलु टोली माईजोगमाई निलो माथि ३–१ गोल अन्तरले जित निकाल्दै विजयी सुरुवात गरेको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको घरेलु टोलीले दोश्रो हाफमा सम्हालिन नसक्दा ३ गोल व्यहोर्न पुग्यो । खेलको सातौ मिनेटमा पाएको पेनाल्टीलाई माईजोगमाईले सदुपयोग गर्न सकेन् । माईजोगमाईका खेलाडीको प्रहार माईका गोलरक्षक सञ्जय गुरुङले क्लियर गरिदिए । १२ औ मिनेटमा कप्तान सुदिप थेवेले माईजोगमाईलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेको माईको लागि खेलको ३७ औ मिनेटमा हरि मगरले बराबरी गोल फर्काए । ६५ औ मिनेटमा मिलन गुरुङले गोल गरेपछि माईले खेलमा २–१ गोल अन्तरको अग्रता बनायो । इन्जुरी समयमा सुजन तामाङले गोल गरेपछि माई ३–१ गोल अन्तरको जीत निकाल्दै सेमीफाइनलमा स्थान बनाउन सफल रहयो । खेलको म्यान अफ दि म्याच हरि मगर घोषित हुँदै मेडल र ट्रफी प्राप्त गरे । दोश्रो क्वाटरफाइनल खेलमा बुधबार गाडागल्ली इनोभेटिक झापा र पाहुना टोली भारतको मानेभञ्ज्याङ फुटबल क्लबबिच हुँदैछ ।

बालाचर्तुदर्शीको पावन अवसरमा बालागुरु खेलमैदानमा जारी प्रतियोगितामा माईजोगमाई निलो, माईजोगमाई रातो, माई नगरपालिका इलाम, रेडहर्स क्लब इलाम, पाँचथर फुटबल क्लब, गाडागल्ली इनोभेटिक सोसाइटी झापा, जनता सेभेन सूर्योदय र भारतको मानेभञ्ज्याङ एफसीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्