डुकुछापमा डिशहोमको नयाँ स्योटलाईट टेलिपोर्ट स्थापना

डुकुछापमा डिशहोमको नयाँ स्योटलाईट टेलिपोर्ट स्थापना

विराटनगर । डिटिएच (डायरेक्ट टु होेम) सेवा प्रदान गर्दै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाईट टेलिपोेर्ट स्थापना गरेको छ ।

डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाईट टेलिपोेर्ट स्थापना गरेको हो । यसअघि डिशहोमले छ्यासीकोटस्थित टेलिपोर्टबाट आफ्नो सेवा प्रदान गर्दै आएको थियो । आगामी दिनमा कुनै पनि प्राविधिक तथा प्राकृतिक अवरोध आएमा सेवा अवरुद्ध नहोस भन्ने बिषयलाई दृष्टिगत गर्दै डिशहोमले दोश्रो स्याटेलाईट टेलिपोर्ट स्थापना गरेको जनाएको छ ।

छ्यासीकोटमा रहेको डिशहोेमको स्टेशनले भने फाईबर केवलको माध्यमबाट डुकुछापमा स्थापना भएको स्याटेलाईट टेलिपोर्ट मार्फत डिशहोमका सम्पुर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिङ्क गरि प्रसारण गर्ने क्षमता राख्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्