सुनसरीका प्रजिअ यादवलाई सुशासन सम्मान

सुनसरीका प्रजिअ यादवलाई सुशासन सम्मान

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाबाट प्रकाशन हुदै आएको सात्य संसार साप्ताहिक पत्रिकाले विभिन्न विद्यामा सुशासन सहित उत्कृट काम गर्ने तीन जनालाई सम्मान गरेको छ । पत्रिकाले आफ्नो पाँचौ वार्षिक उत्सव कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सुशासन सम्मानबाट सम्मानित गरेको हो ।

प्रजिअ यादवलाई जिल्लामा आएको दुई महिनाको अवधिमा सूचना प्रवाह, पत्रकारसंगको समन्वय र कार्यालयहरुमा निरिक्षण तथा अनुगमन गरी नियमिततामा योगदान गर्दै सुशासन कायम गर्न योगदान गरेको भन्दै सम्मान गरेको प्रकाशक ममता यादवले जानकारी दिनुभयो । यादवसगैं सत्य संसार युवा सृजनशिल सम्मानबाट पत्रकार राजेन्द्र पोखरेल र साहित्य सम्मानबाट कवि बिमला पोखरेल सम्मानित हुनुभएको प्रकाशक ममता यादवले जानकारी दिनुभयो ।

विकास, सुशासन र न्यायको क्षेत्रलाई मुख्य आधार बनाएर साप्ताहिक पत्रिका प्रकाशन गरिरहेको सत्य संसार साप्ताहिकले सुशासन, साहित्य र पत्रकाररिता क्षेत्रका तिनजनालाई सम्मान गरेको हो । नागरिक अधिकार र सुशासनका साथै पारदर्शिताको क्षेत्रमा समाचार संकलन र सम्प्रेषण गर्ने क्रममा सृजनशिल पत्रकारीता गरिरहेका इनरुवाका पत्रकार राजेन्द्र पोखरेललाई सृजनशिल युवा पत्रकारीता पुरस्कारबाट सम्मान गरिएको यादवले बताउनुभयो ।

यसैगरि साहित्य क्षेत्रमा रहेर जिल्लामा साहित्य कलाका माध्यमबाट समाज र सृजनात्मक लेखनमा मह्त्वपुर्ण भमिका निर्वाह गरिरहेकी साहित्यका बिमला पोखरेललाई साहित्य सम्मानबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नरेन्द्र कार्की, नेकपा एमालेका अध्यक्ष खेमराज पोखरेल, नागरिक समाजका अगुवा पुरुषोतम घिमिरे, चितरञ्जन यादव, धिरज भट्टराई, बब्लु भगत, संचारकर्मी, गैससका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्