इटहरीमा लैङ्गिक हिंसा विरुद्धको तेश्रो सम्मेलन सम्पन्न

इटहरीमा लैङ्गिक हिंसा विरुद्धको तेश्रो सम्मेलन सम्पन्न

इटहरी । सुनसरीको इटहरीमा लैङ्गिक हिंसा विरुद्धको तेश्रो इटहरी सम्मेलन सम्पन्न भएको छ ।

१३ बुँदे घोषणा पत्र जारी गर्दै इटहरीमा उक्त सम्मेलन सम्पन्न भएको हो । इटहरी उप–महानगरपालिकाले प्रत्येक वर्ष लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका क्रममा इटहरी सम्मेलन गर्दै आएको छ । यसपटकको सम्मेलनमा आर्थिक वर्ष २०७७÷०७८ मा भएका लैङ्गिक हिंसा विरुद्ध बारे समिक्षा गर्दै एक बर्षका लागि आवश्यक कार्ययोजना तय गरिएको छ ।

कार्ययोजना अनुसार घोषणा चालु आर्थिक वर्षमा नागरिकता प्राप्त गर्नबाट बञ्चित महिला तथा उनीहरुका सन्तानको नागरिकता प्राप्तिका लागि उप–महानगरले आवश्यक सहयोग गर्ने उल्लेख गरिएको छ । प्रत्येक वडा कार्यालयमा रहेको सामुदायिक मेलमिलाप केन्द्रमा लैङ्गिक सहायता कक्षको स्थापना गरी महिला माथि हुने हिंसाका घटनाहरुको न्यूनीकरणका लागि आवश्यक सहयोग सुनिश्चित गर्र्ने कार्यको थालनी गरिने उप–महानगरद्वारा जारी घोषणा पत्रमा उल्लेख छ ।

यस्तै घोषणा पत्र अनुसार यसै आर्थिक वर्षभित्र इटहरी उप–महानगरमा सुरक्षित स्तनपान कक्ष निर्माण गर्ने र क्रमश सबै वडा कार्यालयहरुमा सो सेवा विस्तार गर्दै लैजाने योजना छ । कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमले इटहरीमा प्रत्येक वर्ष लैङ्गिक हिंसा विरुद्धको १६ दिने बिशेष अभियान र वर्षभरि अभियान सञ्चालन गरिदै आएको बताईन् । उनीले इटहरीको वडा वडामा गठित प्रतिरक्षा समूह र किशोरी साथी समूहको क्षमता विकासका लागि यसवर्ष उल्लेख्य कार्य गरिएको जानकारी दिईन् । हिंसा पीडित महिलाका लागि उपमहानगरद्धारा सञ्चालित सुरक्षित आवास गृहमा १८६ जना हिंसा पीडित महिलाले सेवा लिएको उनको भनाई थियो ।
इटहरी उप–महानगरले लैङ्गिक हिंसा न्युनीकरणका लागि लैङ्गिक हिंसा न्युनीकरण कोषको व्यवस्था समेत गरेको जनाएको छ । एक बर्षमा इटहरीमा ७७३ वटा लैङ्गिक हिंसाका घटना कानुनी दायरामा आएको उप–महानगरको तथ्यांक छ ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री डा शिवमाया तुम्बाहाम्फेले महिला हिंसा न्यूनीकरणमा पुरुषको पनि सहभागिता हुनुपर्ने बताईन् । उनीले यस्ता अभियानहरु महिला लक्षित मात्र नभई पुरुष लक्षित समेत हुनुपर्ने बिषयमा जोड दिईन् ।

कार्यक्रममा भने प्रदेश सांसद सर्वध्वज साँवा, संविधानसभा सदस्य द्धय रेवती भण्डारी र अनिता परियार, महिला सञ्जाल इटहरीकी अध्यक्ष कमला खडका, इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खडका र जसपा इटहरी सचिव योशा गुरागाँई लगायत सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्