माईजोगमाई अध्यक्ष कपको सेमीफाइनल समिकरण पुरा

<span class='c1'>माईजोगमाई अध्यक्ष कपको</span> <span class='c2'>सेमीफाइनल समिकरण पुरा</span>

इलाम । इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्षकपको सेमीफाइनल समिकरण पुरा भएको छ ।

बालागुरु खेलमैदानमा जारी प्रतियोगिताको आज (विहिबार) क्वाटरफाइनलका २ खेल सम्पन्न भएसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो । पहिलो सेमीफाइनल खेलमा माई नगरपालिका र रेडहर्स इलाम तथा दोश्रो सेमीफाइनल खेलमा माईजोगमाई रातो र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब भारतबिच प्रतिस्पर्धा हुनेछ । सेमीफाइनलका खेलहरु शुक्रबार हुनेछ ।

आजको पहिलो खेलमा रेडहर्सले राँके स्र्पोटिङ क्लब पाँचथरलाई सडनडेथमा हराउँदै सेमीफाइनलमा स्थान बनाउन सफल रहयो । निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय गरिएको हो । खेलको म्यान अफ दि म्याच रेडहर्सका नितेष गुरुङले पाए ।

त्यसैगरी दोश्रो खेलमा घरेलु टोली माईजोगमाई रातोले जनता सेभेन फिक्कललाई २–१ गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान बनायो । दोश्रो हाफको चौथो मिनेटमा समिर तामाङले जनता सेभेनलाई अग्रता दिलाए । ४ मिनेट नवित्दै चिरन राईले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको अन्तिम मिनेटमा सर्जन राईले गोल गरेपछिङले जनता सेभेनलाई अग्रता दिलाए ।

४ मिनेट नवित्दै चिरन राईले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको अन्तिम मिनेटमा सर्जन राईले गोल गरेपछि २–१ गोल अन्तरको जित निकाल्दै घरेलु टोली सेमीफाइनल प्रवेश गरेको हो । माईजोगमाईका सर्जन राई म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्