भायानेटको १७५ एमबिपिएस इन्टरनेट सहितको भायाटिभी अफर

भायानेटको १७५ एमबिपिएस इन्टरनेट सहितको भायाटिभी अफर

विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले आफ्ना ग्राहकहरुका लागि आजसम्मकै उत्कृष्ट अफर सार्वजनिक गरेको छ ।

हाई स्पीड इन्टरनेट सहितको आवश्यकतालाई दृष्टिगत गर्दै भायानेटले ग्राहकहरुका लागि मात्र रुं १२५० मा १७५ एमबिपिएस इन्टरनेट र भायाटिभीको अफर ल्याएको हो । पछिल्लो समय ग्राहकहरुलाई काम गर्न, पढन र खेल्न सर्वाधिक आवश्यकताको बिषय बन्दै गएको उच्च–गुणस्तरको इन्टरनेटको माग सम्बोधन गर्न भायानेटले उक्त कम्बो अफर ल्याएको जनाएको छ । यस अफरले प्रयोगकर्ताहरुलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिने कम्पनीको दाबी छ ।

कम्पनीको उक्त अल्ट्रा–फाई प्रोडक्ट अन्तर्गत भायानेटले १२५, १७५ र २५० एमबिपिएस गरि ३ वटा योजना सार्वजनिक गरेको छ । यस सिरिजको मुख्य योजना १७५ एमबिपिएसको इन्टरनेट रहेको जनाईएको छ । यो प्लान लिएपछि २ वटा भायाटिभी सदस्यता प्राप्त हुने कम्पनीले जानकारी दिएको छ । यसको वार्षिक सदस्यता लिँदा ग्राहकवर्गले प्रति महिना मात्र रू. १२५० तिर्नुपर्ने छ ।

उक्त अफरका साथ भायानेटले भने निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा १००० रिवार्ड अंक समेत प्रदान गर्ने जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्