हारेँ भने प्रधानमन्त्रीबाट हटाउँछन्, त्यसैले मैले जित्नै पर्छ ,मलाई जिताइदिनु होला : देउवा

हारेँ भने प्रधानमन्त्रीबाट हटाउँछन्, त्यसैले मैले जित्नै पर्छ ,मलाई जिताइदिनु होला : देउवा

काठमाण्डाैँ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन आग्रह गर्नु भएको छ ।

आदिवासी जनजाति विभागले काठमाण्डौँमा गरेको कार्यक्रममा उहाँले आफूलाई जसरी पनि जिताउन आग्रह गर्नु भएको हो । सभापति देउवाले सभापति हारेमा आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउने भएकाले जसरी पनि जिताउन आग्रह गर्नु भएको हो ।

उहाँले सभापतिमा हारेमा आफूमाथि धेरै प्रश्न उठ्ने समेत बताउनु भएको छ । ‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्,’ उहाँले भन्नुभयो,’ त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला ।’

यस्तै,उहाँले कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानु पर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको समेत बताउनुभयो ।

फोटो: फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्