काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये ५४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
आइतबार साढे १२ बजेसम्म काँग्रेस पदापधिकारीसहित ५४ जना केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिनुभएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सभापतिका उम्मेदवार युवराज न्यौपानेले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।
त्यस्तै सहमहामन्त्रीसहित ५४ जना केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिनुभएको छ ।