प्रदेश १ मा ३४ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ मा ३४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

६२६ जनाको पीसीआर परीक्षण गर्दा ३२ र १४५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापामा ६, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७, लेटाङ, बेलबारी र उर्लाबारीमा १–१, झापाको दमक र विर्तामोडमा २–२, बुद्धशान्ति र मेचीनगरमा १–१, सुनसरीको दुहवी, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा ८ महिला र ६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्