नेपाली काँग्रेसको १४औँ महाधिवेशन: १३२ पदका लागि मतदान आज

नेपाली काँग्रेसको १४औँ महाधिवेशन: १३२ पदका लागि मतदान आज

अशोक अधिकारी
काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न सोमबार बिहानबाटै मतदान हुँदैछ ।

सबै पदका लागि मतदान सकिएलगत्तै सभापति पदको मतगणना सुुरु हुनेछ । सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने काँग्रेसको विधानमा उल्लेख छ । यदि कुनै उम्मेदवारले कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त नभएमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारद्वयबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमै आफूू विजयी हुने दाबी गर्दै आउनुभएको छ । सभापति पदमा उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा. शेखरप्रसाद कोइराला र कल्याणकुमार गुुरुङबीच प्रतिस्पर्धा हुँदैछ । कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ । तसर्थ अब १३२ पदका लागि मतदान हुँदैछ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मतदानका लागि सबै तयारी पूरा भएको र सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने जानकारी दिनुभयो । महाधिवेशनअन्तर्गत मिडिया सेन्टरका संयोजक डा. सुरेश आचार्यका अनुसार सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्य पदको मतदान सकिएपछि मतदानलगत्तै सभापतिको मतगणना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्